आज केही ठाउँमा मेघजर्गन र चट्याङ्गसहित पानी पर्न सक्ने

अशोज ९, २०७८ मा प्रकाशित | 581 views

काठमाडौँ । आज देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएर केही ठाउँमा मेघजर्गन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पानी पार्ने मौसमी प्रणालीको प्रभाव खासै नपरे पनि स्थानीय वायुको प्रभावका कारण आज देशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज दिउँसो विशेषगरी प्रदेश-१, २ र वाग्मती प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना छ । राति सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

अबको केही दिन ठूलो पानी पर्ने लगातार झरी पर्ने सम्भावना नभएको उहाँले बताउनुभयो । मनसुन बाहिरिने सङ्केत देखिन थालिसकेको उहाँले बताउनुभयो । देशभरका वर्षा मापन केन्द्रमध्ये ९० प्रतिशत स्टेसनमा लगातार तीनदेखि चार दिनसम्म वर्षा शून्य रेकर्ड भएमा मनसुन सकिएको मानिनेछ ।

यो वर्षको मनसुन गएको जेठ २८ गते नेपाल भित्रिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web