थप १४७६ जनामा कोरोना पुष्टी, १५५० जना संक्रमण मुक्त

अशोज ८, २०७८ मा प्रकाशित | 539 views

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १४७६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५७५ पीसीआर परीक्षण गर्दा ११०३ जना र ५११५ एन्टिजेन परीक्षण गर्दा ३७३ गरी १४७६ जनामा कोरोना पुष्टी भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ८९ हजार ८७२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १५५० जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ५८ हजार ५०४ पुगेको छ ।संक्रिय संक्रमितको संख्या २० हजार २८७ रहेको छ ।

पछिल्लो २४ घण्टामा ७ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ८१ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web