अफगानिस्तानमा १२ नेपाली मारिएको सरकारको भनाई, उपराष्ट्रपति देखी नेताको शोक वक्तव्य (विस्तृतमा)

असार ६, २०७३ मा प्रकाशित | 1250 views

६ असार, काठमाडौं ।
अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान भएको आत्मघाती आक्रमणमा परि १२ जना नेपालीको मृत्युभएको परराष्ट मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा अकुर तामाङ, सुनसरी,चन्द्रबहादुर रानामगर, काठमाडौं, हरिबहादुर बडवाल क्षेत्री, काठमाडौं, विदुरबहादुर सुवेदी क्षेत्री, काठमाडौं, अमृतबहादुर थापा, लमजुङ र सुकबहादुर गुरुङ,  स्याङ्जा रहेका छन् ।

यसैगरी डम्बरबहादुर तामाङ, नुवाकोट, मधुसुदन कोइराला, नुवाकोट,लिलबहादुर गुरुङ, नुवाकोट नवीनसिंह क्षेत्री, पर्वत,कृष्णबहादुर ढुंगाना, चितवन र जितेन्द्रसिंह थापा, बुटवल रहेको परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता सुधिर भटराईले जानकारी दिनुभयो ।

क्यानडेली दूतावासको सुरक्षा गार्डका रुपमा कार्यरत नेपाली नागरिकमाथि आज विहान ५स् ४० बजे गरिएको आत्मघाती आक्रमणमा परी १२ नेपालीको निधन भएको थयो भने सात नेपाली घाइते भएका थिए ।

काबुल घटनाबारे परराष्ट्रमन्त्रीद्वारा सदनलाई जानकारी

उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाले अफगानिस्तानको काबुलमा आज बिहान भएको घटनामा परि नेपालीको ज्यान गएको घटनाबारे आज सिंसद बैठकलाकई जानकारी दिनुभएको
छ ।

घटनाको बारे जानकारी दिँदै उपप्रधानमन्त्री थापाले घटनामा परी घाइते भएका पाँच जनाको त्यहाँस्थित अस्पतालमा उपचार भइरहेको बताउनुभयो ।

रोजगारीका सिलसिलामा काबुल पुगेका निहत्था निर्दोष नेपाली नागरिकमाथि भएको उक्त घटनालाई मानवता विरोधी अपराधको सङ्ज्ञा दिँदै उपप्रधानमन्त्री थापाले घटनाको नेपाल सरकारले घोर भत्र्सना र निन्दा गरेको जानकारी दिनुभयो ।

घटनामा परेर दिवङ्गत भएका नेपालीको शव स्वदेश ल्याउन तथा घाइतेको उपचार लगायतको व्यवस्था मिलाउन पाकिस्तानस्थित कार्यवाहक राजदूतलाई त्यसतर्फ तत्काल जान निर्देशन दिइसकिएको उहाँले बताउनुभयो ।

उपप्रधान एवं परराषटमन्त्री थापाका अनुसार घटनामा ज्यान गुमाउने नेपालीका परिवारलाई आवश्यक सूचना प्रवाह गर्न तथा अन्य सहयोग पु¥याउन परराष्ट्र मन्त्रालयमा डेक्स स्थापना गरिएको छ ।

नेपाल सरकारले अफगानिस्तानमा रहेका नेपालीको सुरक्षा गर्न त्यहाँको सरकारको ध्यानाकर्षण गराउनुका अपराधीलाई तत्कालै कानुनी कठघरामा ल्याउन माग गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा दुःख ब्यक्त

अफगानिस्तानको राजधानी काबुलमा आतंकवादी समूहले गरेको आत्मघाति आक्रमण प्रति उपराष्ट्रपनि नन्दबहादुर पुनले दुःख व्यक्त गर्नुभएको छ ।

रोजगारीको सिलसिलामा काबुल पुगेका निहत्था निर्दोष नेपाली नागरिकमाथि भएको उक्त मानवता विरोधी घटनाको उपराष्ट्रपतिले आज एक विज्ञप्ति जारी गरि भर्तसना र निन्दा गर्नुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा श्रद्धान्जली

प्रधानमन्त्री केपी शर्मा ओलीले अफगानिस्तानको राजधानी काबुलमा आज बिहान भएको आत्मघाती आक्रमणबाट ज्यान गुमाएका प्रति श्रद्धान्जली प्रकट गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले नेपालीको मृत्युको खबरले आफु स्तब्ध भएको उल्लेख गर्दे घाईतेहरुको स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।

यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटना लगत्तै ट्वीट मार्पmत अफगानिस्तानमा नेपालीहरुको मृत्युको खबरले स्तब्ध बनाएको उल्लेख गर्दे शोक व्यक्त गर्नुभएको थियो ।

काबुल आक्रमण मानवताविरोधी अपराधः प्रमुख दल

अफगानिस्तानको राजधानी काबुलमा नेपाली सुरक्षा गार्ड सवार सवारीसाधनलाई लक्षित गरी आज बिहान भएको आत्मघाती आक्रमणप्रति राजनीतिक दलले दुःख व्यक्त गरेका छन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाद्वारा जारी विज्ञप्तीमा “रोजगारीका लागि अफगानिस्तान पुगेका निर्दोष र निहत्था नेपालीको पाशविक, क्रूर र बर्बर हत्याबाट हामी स्तब्ध भएका छौँ” भनिएको छ ।

त्यस्तै, नेकपा 'एमाले'ले पनि काबुलमा भएको आत्मघाती आक्रमणबाट आफ्नो पार्टी मर्माहत भएको जनाएको छ । एमालेले जुनसुकै नाममा गरिने यस्ता आतङ्ककारी आक्रमणको भत्र्सना गर्दै मानवताविरुद्धका यस्ता अपराधलाई नियन्त्रण गर्न प्रभावकारी कदम चालिनुपर्नेमा जोड दिएको छ ।

यसैगरी, नेकपा 'माओवादी केन्द्र'ले काबुलमा गरिएको आत्मघाती आक्रमणको कडा शब्दमा निन्दा एवम् भत्सर्ना गरेको छ । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले आज एक विज्ञप्ति प्रकाशित गरी नेपालीको सुरक्षाको व्यवस्था गर्न र घाइतेको उचित उपचारको पहल गर्नसमेत सरकारसँग माग गर्नुभएको छ ।

अफगानिस्तानमा १४ नेपालीको बम हमलामा मृत्यु (फोटो फिचर/विस्तृत विवरण)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web