करेन्ट लागेर एक जनाको मृत्यु

अशोज ७, २०७८ मा प्रकाशित | 460 views

बारा । बारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जितपुरसिमरा उपमहानगरपालिका-७ लक्ष्मी टोलका ३४ वर्षीय सर्फुदीन अन्सारीको आज बिहान करेन्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेर घाइते भएका अन्सारीलाई उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जितपुरले जनाएको छ ।

प्रहरीका अनुसार आफ्नै बनाउदै गरेको घरमा मोटरबाट पानी हाल्नको लागि मोटर चलाउन लाग्दा उनलाई करेन्ट लागेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web