पेट्रोल छर्केर वडा कार्यालयमा आगजनी

अशोज ६, २०७८ मा प्रकाशित | 598 views

सुर्खेत । सुर्खेतमा पेट्रोल छर्केर वडा कार्यालयमा आगजनी गरिएको छ । कार्यालयमा वडाध्यक्ष नभेटेको झोकमा एक युवकले पेट्रोल छर्केर वीरेन्द्रनगर नगरपालिका–१ का वडाध्यक्ष गंगाराम सुनारको कार्यकक्षमा बुधबार विहान आगजनी गरेका हुन् ।

प्रहरीका अनुसार वडाध्यक्षको कार्यकक्षमा आगजनी गर्ने स्थानीय वास्ताम लामिछाने हुन् ।आगजनीबाट कार्यालयका कुर्सी, सोफा, दराज र त्यहाँ रहेका सबै कागजातहरु जलेर नष्ट भएको वडाध्यक्ष सुनारले जानकारी दिए । बुधार बिहान ८ बजे नै एक कार्यक्रममा सहभागी हुन आफू राजधानी आएको समयमा आगजनी भएको उनले बताए ।

वडाध्यक्ष सुनारले  भने, ‘करिब १०ः०४ बजेतिर वडा कार्यालयकै ल्याण्डलाइनबाट फोन आयो । मैले फोन रिसिभ गरें । फोन रिसिभ हुनेबित्तिकै तपाईं कार्यकक्षमा आउनु पर्दैन भन्दै ती युवक कडकिए ? डुलिडुली खाने ? भनेर धम्की दिन थाले । मैले केही काम परे कार्यवाहक अध्यक्ष आउनुहुन्छ, बस्दै गर्नुस् न, यदि हतार नै हो भने यही होटेलमै आउनुस् भनेर फोन राखें ।’

वडाध्यक्ष सुनारले अगाडि भने, ‘उनले फेरि फोन गरे, तपाईं आउनुहुन्छ कि तपाईंको कार्यालय जलाइदिम ? भनेर धम्की दिए । र, फोन काटे । त्यसलगतै मैले वडा कार्यालयका कर्मचारीलाई फोन गरेर उनको काम गरिदिन भने । त्यसको १० मिनेटपछि त वडा कार्यालयमा आगजनी भएको खबर आयो । तिनै व्यक्तिले कार्यकक्षमा पसेर पेट्रोल छर्केर आगो लगाइदिएछन् ।’

प्रहरीले लामिछानेलाई अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन । आफु पनि घटना स्थल मै भएको र लामिछानेको खोजीकार्य भइ रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए । घटननाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

नगरप्रमुख देवकुमार सुवेदीले लगायतको टोलीले वडा कार्यालयको निरीक्षण समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web