सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढ्यो

अशोज ६, २०७८ मा प्रकाशित | 389 views

काठमाडौँ । सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ । मंगलबार ८८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार ९० हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि तेजाबी सुनको भाउ ८९ हजार ६५० रुपैयाँ तोकिएको छ ।

चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेको छ । मंगलबार तोलामा ११ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको आजको कारोबार मूल्य ११ सय ६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

असोज लागेपछि पहिलो पटक सुनको बजार मूल्य ९० हजार पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web