दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले किशाेरीहरुलाई ५० वटा साइकल वितरण गरेको छ । किशाेरीलाई समयमै स्कुलसम्म पुग्न सहयोग पुगाेस् भन्नका लागि साइकल वितरण गरिएको तुल्सिपुर उपमहानगरपालिकाले जनाएको छ ।
संयुक्त राष्ट्रसंघकाे विकास कार्यक्रम (यूएनडीपी)को सहयोगमा उपमहानगरपालिकाले “किशोरीहरुको सशक्तिकरण नेतृत्व र सम्मान, तुलसीपुरको पहिचान” भन्ने मुल नारा सहित अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा साइकल वितरण गरेको हो ।
तुलसीपुरको मेट्रो कलेजमा भएको वितरण कार्यक्रममा यूएनडीपीका नेपाल प्रतिनिधि आयशनी मेडागन्गोटा लाबेले रनियापुर माविमा कक्षा ८ मा अध्यनरत छात्रा शर्मिला नेपाली र तुलसीपुर मेट्रो कलेजमा कानुन विषयमा अध्ययनरत सरिता पुनलाई साइकल हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा यूएनडीपी प्रतिनिधि लाबेले साइकल वितरण कार्यक्रममा बाेल्दै विश्वमा किशोरी अघि बढेका देशहरु मात्रै समृद्धिको बाटोमा अघि बढेको बताउनुभयाे । यस्तै उहाँले सहयोग गर्ने अवसरमा दिएको उपमहानगरपालिकालाई धन्यवाद समेत दिनुभयो ।
त्यही कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले तुलसीपुरलाई साइकल सिटीका रुपमा विकास गर्ने बताउनुभयो । साइकल सिटीका रुपमा विकास गर्दा आवश्यक पर्ने पूर्वाधार विकासलाई पनि सँगसँगै लैजाने उहाँले बताउनुभयो । वतावरण प्रदुषणलाई पनि साकल यात्राले न्यूनीकरण मामद्धत पुग्ने उहाँकाे भनाइ थियाे ।
28.4¡ÆC