भारत बेचिएकी युवती माईती नेपालको सहयोगमा दोधारा चाँदनी फिर्ता

असार ६, २०७३ मा प्रकाशित | 1734 views

<p>६ असार, दोधारा चाँदनी / कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीबाट भारतमा काम लगाईदिन्छु भन्दै लगेर बिक्रि भएका युवती माईती नेपालको सहयोगमा आज घर फिर्ता भएका छन् । उनलाई माईती नेपाल र सशस्त्र हिंसा न्युनिकरण तथा सामुदायिक सुरक्षा सबलिकरण परियोजना अन्तर्गत गठित सामुदायिक सुरक्षा समितिको पहलमा दिल्लीबाट उद्धार गरेर आज उनको परिवारजनलाई जिम्मा लगाएका हुन । भारतिय प्रहरीले उनलाई बेच्ने उनका फुपु सोना सुनार र खरिद गर्ने किसन सुनार, किसनका भाउजु धनसरी सुनार लगाएत ४ जनालाई भारतिय प्रहरीले दिल्लीको मोतिनगरमा पक्राउ गरेको थियो, भने ललितालाई दिल्लीमा रहेको एक संस्था शितल निवासको जिम्मा लगाएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ९, ढकनाघाट, बस्ने १५ वर्षिय ललिता सुनार (नाउ परिवर्तन गरिएको) लाई आफ्नै फुपु सोना सुनारले दिल्लीको मोतिनगरबाट बिक्रि गरेका थिए । उनलाई आफ्नै फुपुले बिभिन्न प्रलोभन देखाएर दोधारा चाँदनीबाट भारतको राजधानी दिल्ली १ वर्ष अघि पुर्‍याएका हुन् । आफु बेचिए पछि निकै शारिरिक तथा मानसिक पिडा खेप्नु परेको ललिताले बताईन् । “नरक जस्तो ब्यवहार गरे मलाई” ललिताले भनिन् । आफुलाई रु. ८० मा बिक्रि गरिको ललिताले बताईन् । आज माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्ट, नेकपा (एमाले) दोधारा चाँदनी नगरकमिटिका अध्यक्ष किशोर कुमार लिम्बु, भानु बहुमुखी क्याम्पका अध्यक्ष राजिब खड्का, महिला अधिकारकर्मी मथुरा पन्त, पत्रकार पप्पु गुरुङ्ग, ईलाका प्रहरी कार्यालयका प्रतिनिधीको रोहवरमा ललितालाई उनका परिवारजनका जिम्मा लगाईएको हो ।&nbsp; &nbsp;<br><br><br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web