२६ हजार नगदसहित ७ जना जुवाडे पक्राउ

अशोज ३, २०७८ मा प्रकाशित | 410 views

मकवानपुर । मकवानपुरमा २६ हजार ९८५ नेपाली रुपैयाँ र १५०० भारतीय रुपैयाँ नगदसहित शनिबार दिउँसो ४:३० बजे ७ जना जुवाडे पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कायालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका-१ चाईना क्वाटर बस्ने ३७ वर्षीय राकेश के.सीको घरबाट उनीहरुलाई रंगेहात नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका-१ का ३७ वर्षीय राकेश के.सी. (घर धनि), सोही उपमहानगरपालिका -१० बस्‍ने ४२ वर्षीय श्रेष्ठ, ३८ वर्षीय प्रदीप जंग पण्डित, ४० वर्षीय पदम बहादुर भण्डारी, धुनिवेशि नगरपालिका-९ घर भइ हाल हेटौडा उपमहानगरपालिका-१ बस्ने ३६ वर्षीय बाबु कृष्ण उप्रेति , ५५ वर्षीय एकबहादुर थापा र ३१ वर्षीय दिपेन्द्र कुमार मिश्र रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले ४ बुक तास, २६ हजार ९८५ नेपाली रुपैयाँ र १५०० भारतीय रुपैयाँ नगद बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web