६ असार, काठमाडौं ।
प्रहरी र नेपाल मेडिकल काउन्सिलको हालसम्मको अनुसन्धानमा देशभरि करिब दुई हजार नक्कली चिकित्सक कार्यरत रहेको रहस्य खुलेको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ।

हालसम्म शैक्षिक प्रमाणपत्र अनुसन्धान गरी करिब एक हजार पाँच सयमध्ये डेढ सयजनाको प्रमाणपत्र नक्कली भएको पुष्टि भइसकेको छ। त्यसमध्ये ५३ जना पक्राउ परिसकेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो 'सिआइबी'ले शुक्रबार र शनिबार गरी ३६ जनालाई पक्राउ गरेको छ।

एकैपटक १० वटा जिल्लामा अपरेसन चलाई सिआइबीले नक्कली प्रमाणपत्रधारीलाई पक्राउ गरेको हो। जसमा प्रतिष्ठित चिकित्सकसमेत छन्। उनीहरूलाई ठगी मुद्दामा सिआइबीले कारबाही अघि बढाएको छ ।

‘हाम्रो अनुसन्धानमा करिब १० प्रतिशत चिकित्सकको शैक्षिक प्रमाणपत्र नक्कली छ भन्ने छ,’ सिआइबीका निर्देशक डिआइजी नवराज सिलवाल भन्छन्,‘हामीले १७ हजार चिकित्सकको प्रमाणपत्रको आधिकारिकता जाँच गरिरहेका छौँ।’

पक्राउ पर्ने सबैको प्रमाणपत्र विदेशी

पक्राउ परेका सबैले आइएस्सी र एमबिबिएस विदेशमा पढेका हुन्। केहीले बिहारका कलेजहरूमा आइएस्सी पढेको प्रमाणपत्रका आधारमा एमबिबिएस पढेका थिए। कतिपयले त एमबिबिएस पनि उत्तीर्ण नगरेको हुनसक्ने डिआइजी सिलवालको भनाइ छ।

एसपीका भाइदेखि नेताका बुहारीसम्म

प्रगति पोलिक्लिनिक चितवनमा कार्यरत सुनील आचार्य नेपाल प्रहरीका एसपी डा। सुवास आचार्यका भाइ हुन्। डा। सुवास नेपाल प्रहरीको अस्पतालमा कार्यरत छन्।

त्यस्तै जोरपाटीको अम्दा नेपालमा कार्यरत निलिमा खड्का महत नुवाकोट कांग्रेस नेताहरूका बुहारी हुन्। प्रहरी अधिकारीका अनुसार श्रीमान्–श्रीमतीलाई पनि आफ्ना जीवनसाथीको शैक्षिक प्रमाणपत्र नक्कली छ भन्ने थाहा थिएन।

‘यसको प्रमाणपत्र नक्कली हो भन्ने थाहा भएको भए बिहे नै गर्ने थिइनँ,’ आफ्नो श्रीमती पक्राउ परेपछि उनका श्रीमान् सिआइबीमा पुगेर यस्तो गुनासो गर्दै थिए। पक्राउ परेका ३६ मध्ये ६ जना महिला छन्।

20.12¡ÆC