बाराको बसतपुर सुरक्षित खानेपानीयुक्त समुदाय घोषित

अशोज ३, २०७८ मा प्रकाशित | 442 views

बिरगञ्ज । बाराको बसतपुर सुरक्षित खानेपानीयुक्त समुदाय बनेको छ । बसतपुर गाउँमा सुरक्षित खानेपानीको योजना सञ्चालनमा आउनुको साथै घर घरमा धारा र शौचालय बनाई प्रयोगमा ल्याइएको छ ।

शनिबार प्रदेश नं २ का खानेपानी तथा उर्जा विकास मन्त्री ओम प्रकाश शर्माले बसतपुरलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरे ।

युनिसेफका खानेपानी तथा सरसफाइ अधिकृत बोधनारायण श्रेष्ठका अनुसार बसतपुरका १ सय ८५ घरधुरीमा धारा जडान गर्नुका साथै चर्पी बनाएर प्रयोगमा ल्याइएको छ ।

‘बसतपुर खानेपानी आयोजनाको पानी जाँच गर्दा कोलिफर्म इकोली ० प्रतिशत र आर्सनिक ०.०३ मिलिग्राम प्रतिलिटर पाइयो’ उनले भने ‘सुरक्षित खानेपानीयुक्त समुदायका लागि आवश्यक मापदण्ड पूरा गरेकोले नै घोषणा गरेका हौं ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web