आज राष्ट्रिय विज्ञान दिवस

अशोज १, २०७८ मा प्रकाशित | 1074 views

काठमाडौँ । आज राष्ट्रिय विज्ञान दिवस, ‘विज्ञान तथा प्रविधिको उन्नत विकास : प्रकोप र महामारीबाट सहज निकास’ भन्ने नाराका साथ मनाइँदै छ । यसपालि दिवस साताव्यापी रूपमा मनाइने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले गठन गरेको मूल समारोह समितिले दिवसका अवसरमा विज्ञान पत्रकारिता, एरोनोटिक प्रविधि, अन्तरिक्ष प्रविधि, उदियमान प्रविधि, विपद् न्यूनीकरणसम्बन्धी प्रविधि, जैविक प्रविधिका विधामा पुरस्कार घोषणा गर्ने छ ।

विकसित देशले विज्ञान र प्रविधिका क्षेत्रमा फड्को मारिसकेको भए पनि नेपालमा पर्याप्त लगानी र उचित वातावरणको अभावमा यस क्षेत्रको विकास हुन सकेको छैन ।

शिक्षा मन्त्रालयका सचिव डा. सुरेश आचार्यले दिवसमा विज्ञान र प्रविधिको उपयोगको विस्तारबारे जनचेतना फैलाउने, वैज्ञानिक खोज तथा अनुसन्धानमा संलग्न नवप्रतिभालाई प्रोत्साहित गर्ने, उत्कृष्ट प्रतिभालाई सम्मान र पुरस्कृत गर्ने, विज्ञान प्रविधि अध्ययन अध्यापनमा विद्यार्थी तथा शिक्षकलाई आकर्षित गर्ने र युवा शक्तिलाई स्वदेशमै रोजगारीका अवसर सिर्जनाका लागि वातावरण निर्माण गर्ने उद्देश्य लिइएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web