४४ लाख डोज खोप लिन जहाज आज राति चीन जाँदै

भदौ ३१, २०७८ मा प्रकाशित | 571 views

काठमाडौँ । सरकारले चीनबाट खरिद गरेको ४४ लाख डाेज भेरोसेल खोप ल्याउन आज बिहीवार राति नेपाल वायु सेवा निगमको वाइडबडी विमान चीन जाने भएको छ ।

सरकारले खरिद गरेकाे खाेप भाेलि चीनबाट ल्याइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिनुभयो । सरकारले ६० लाख डाेज खरिद गरेकामा यसअघि १६ लाख डाेज खोप नेपाल आइसकेको छ ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले खोप लिनका लागि आज राति ११ बजे वाइडबडी विमान चीन जाने बताउनुभयो । उहाँका अनुसार भोलि दिउँसो २ बजे खोप लिएर जहाज नेपाल आउने छ ।

नेपालमा अहिलेसम्म एक करोड ३३ लाख डाेज खोप आइसकेको छ । सरकारले असोज मसान्तसम्म एक करोड डाेज थप खोप ल्याउने तयारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web