सालकको खपटासहित दुईजना पक्राउ

भदौ ३१, २०७८ मा प्रकाशित | 393 views

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले संरक्षित वन्यजन्तु सालकको खपटा (आखेटोपहार)सहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लिखु तामाकोशी गाँउपालिका-३ का ३८ वर्षीय सोनाम तामाङ र सोही गाउँपालिकाका ३२ वर्षीय ध्यानबहादुर तामाङ रहेका छन् ।

मन्थली एरियाबाट संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसार-पसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा व्यूरो तथा जिल्ला प्रहरी कार्यालय, रामेछापबाट खटिएको संयुक्त प्रहरी टोलीले मन्थली नगरपालिका-१ देवकोटा चोकबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट २५ केजी तौल बराबरको संरक्षित वन्यजन्तु सालकको खपटा (आखेटोपहार) बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहे‍को प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web