प्रेस काउन्सिल पुरस्कारमा राजनीतिक भागबण्डा, आचार संहिता उलंघन गर्नेलाई आचार संहिताकै पुरस्कार

भदौ ३१, २०७८ मा प्रकाशित | 503 views

काठमाडौ । प्रेस काउन्सिल नेपालले वितरण गर्ने पत्रकार पुरस्कारमा मनोमानी भएको पाइएको छ । काउन्सिलले आचार संहिता उलंघनको आरोपमा कारबाही गरेको र कालोसुचीमा राखेको सञ्चार माध्यमकै पत्रकारलाई पत्रकार आचार संहिता पुरस्कार वितरण गर्ने भएको छ ।

पुरस्कृत हुने सुचिमा रहेका हिमालयन टाइम्स दैनिकका सम्पादक उज्वल शर्माद्वारा निर्देशित इ-हिमालय टाइम्स नामक अनलाइनलाई आचार संहिता उलंघनको आरोपमा नेपालभर प्रकाशन तथा प्रशारणमा रोक लगाउन भन्दै दूरसञ्चार प्राधिकरणलाई पत्राचार नै गरेको थियो । सोही पत्रका आधारमा प्राधिकरणले उक्त अनलाइनलाई नेपालभर प्रकाशन तथा प्रशारणमा रोक लगाउने तयारी समेत गरेको थियो ।

शर्माद्वारा निर्देशित ईहिमालय टाइम्स डटकमलाई काउन्सिलले गत असार १० गते प्रेस विज्ञप्ति मार्फत कालोसुचीमा राखेको जानकारी दिएको थियो । उक्त मिडियामाथि असार ९ को निर्णय अनुसार आचार संहिता उलंघन गरि पटक पटक काउन्सिलको निर्णय निर्देशन अवज्ञा गरेको भन्दै कालोसुचीमा राख्नेमात्रै होइन दर्ता सुचिकरण समेत नभएकाले नेपाल भित्र सम्प्रेषण नगर्ने व्यवस्थापनका लागि दुरसञ्चार प्राधिकरणलाई पत्राचार गर्ने निर्णय काउन्सिलले नै गरेको थियो ।

काउन्सिलले हरेक वर्ष वार्षिकोत्सवमा पत्रकारहरुलाई पुरस्कार दिँदै आएको छ । यस वर्षको पुरस्कार भने विवादास्पद बनेको छ । अध्यक्ष बालकृष्ण बस्नेतले आफू अनुकुल मनोमानी रुपमा पुरस्कार वितरण गर्ने निर्णय गराएको बोर्ड सदस्यहरुले नै बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web