एमसीसी चाहिँदैन भन्दै माइतीघरमा प्रदर्शन

भदौ २६, २०७८ मा प्रकाशित | 478 views

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा शनिबार काठमाडौंमा प्रदर्शन भएको छ ।

भाडावाल सरोकार समाजलगायतका विभिन्न संस्थाको अगुवाइमा एक समूहले एमसीसी सम्झौता संसदबाट अनुमोदन नगर्न खबरदारी गर्दै प्रदर्शन गरेको हो । सो समूहले माइतीघरदेखि नयाँ वानेश्वरसम्म प्रदर्शन गरेको थियो ।

उनीहरुले एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैनलगायत एमसीसीको विरोधमा विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेका थिए । नो एमसीसी लेखेको टिसर्ट लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web