मल उपलब्ध गराउन माग गर्दै किसान आन्दोलित

भदौ २३, २०७८ मा प्रकाशित | 521 views

काठमाडौँ । उर्वर भूमि भएर पनि किसानलाई अत्यावश्यक सामग्री उपलब्ध गराउन सरकारले वास्ता नगरेको भन्दै रौतहटका किसान आन्दोलित भएका छन् ।

खेतमा धानबाली लगाएका किसानले मलखादको चरम अभाव भोगेको र कृषि सामग्रीकै अभावमा उत्पादन घटेको भन्दै आन्दोलन गरेका हुन् । रौतहटका बजारमा यूरिया मलको अभाव भएको र भारतीय सीमाक्षेत्रबाट ल्याउँदा समेत कानूनी झन्झटको सामना गर्नुपरेको उनीहरुले गुनासो गरेका छन् ।

बजारमा सर्वसुलभ रुपमा कृषि मलको व्यवस्था, ट्रयाक्टरमा लाग्ने कर खारेज, कृषि बिमा, कृषि ऋणको व्यवस्था तथा किसानलाई पेन्सनको व्यवस्थाको माग गर्दै किसानहरुले प्रदर्शन गरेका छन् । सरकारले किसानका समस्याको बारेमा ध्यान नदिँदा दिनप्रतिदिन खाद्यान्न आपूर्तिको दर बढ्दै गएको तथा तराईका जग्गाहरुको उर्वराशक्ति तथा उत्पादनमा ह्रास आउन थालेको कृषकहरुले बताए ।

किसानहरुको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै प्रदेशसभा सदस्य कुन्दन कुशवाहा भने, ‘किसानका समस्याका बारेमा केन्द्र र प्रदेश सरकारलाई पटकपटक अवगत गराए पनि कुनै सुनुवाइ भएको छैन । भन्सारको तथ्यांकले पनि हामी खाद्यान्नमा समेत अन्य मुलुकमा परनिर्भर हुन थालेको पुष्टि गर्छ ।’

किसानहरुले आन्दोलनको पहिलो दिन बुधबार रौतहटमा कृषियन्त्र सहित प्रदर्शन गरेका छन् भने अन्य चरणका कार्यक्रम गर्दै जाने किसान संघर्ष समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web