सङ्खुवासभा हत्या प्रकरण तालिम प्राप्त कुकुरसहित प्रहरी टोली घटनास्थलमा अनुसन्धान गर्दै

भदौ २२, २०७८ मा प्रकाशित | 963 views

सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङ खोलागाउँमा गएकाे आइतवार राति भएको ६ जनाको सामूहिक विभत्स हत्याको अनुसन्धान गर्न धरानबाट तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली घटनास्थल आइपुगेको छ ।

सामूहिक हत्या प्रकरणको अनुसन्धानका लागि सङ्घीय प्रहरी इकाइ कार्यालय धरानका प्रहरी उपरीक्षक (एसपी) भीम दाहालको नेतृत्वमा तालिम प्राप्त कुकुरसहितको टोली हिजाे सोमवार राति अबेर मात्रै घटनास्थल आइपुगेको हो ।

टोलीले आज मङ्गलवार बिहानैदेखि विभिन्न चरणमा अनुसन्धान सुरु गरेकाे जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीले बताउनुभयो ।

स्थानीयवासी ८५ वर्षीय बौदमान कार्कीका एकै परिवारको वंश नै नाश हुने गरी ६ जनाको हत्या भएको थियो ।
यस घटनामा घरमुली बौदमान कार्की भने सकुशल छन् । यस हत्याकाण्डमा ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय तेजबहादुर कार्की, ५२ वर्षीया कमला कार्की, ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय दिपेन कार्की र सात वर्षीया गोमा कार्कीले ज्यान गुमाएका थिए ।

घटनास्थल वरपर घरको आँगन, खरबारी र खोल्सासम्म यत्रतत्र छरिएको अवस्थामा शव फेला परेको थियो । याे हत्याकाण्डले सुरक्षाकर्मीलाई समेत चुनाैती थपिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web