नक्कली प्रहरी निरीक्षक पक्राउ

भदौ २०, २०७८ मा प्रकाशित | 323 views

बाँके । आफूलाई प्रहरी निरीक्षकको रुपमा चिनाउँदै बाँकेको कोहलपुर क्षेत्रमा सर्वसाधारणलाई दुःख दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

सल्यान दार्माकोट गाउँपालिका २ का ३२ वर्षीय दीपेन्द्र रोकायलाई शनिवार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । रोकायले कोहलपुरको बसपार्क क्षेत्रमा रहेका होटल र पसलमा आफूलाई नेपाल प्रहरीको सिआईबी निरीक्षक भन्दै डर त्रास देखाइ धाक धम्की दिइरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web