चितवनका दुई पत्रकारलाई जोखिम पत्रकारिता पुरस्कार

भदौ १९, २०७८ मा प्रकाशित | 385 views

चितवन । प्रेस चौतारी चितवन शाखाले जिल्लामा क्रियाशिल दुई जना पत्रकारलाई जोखिम पत्रकारिता पुरस्कारसहित सम्मान गरेको छ ।

कोरोना भाइरसको महामारी, बाढी, पहिरो र डुवानको जोखिम क्षेत्रमा पुगेर रिपोर्टिङ गर्ने चितवन पोष्ट दैनिकका कुलप्रसाद काफ्ले र नारायणी अनलाइनका हिरालाल आचार्यलाई नगद १०/१० हजार रुपैयाँसहित जोखिम पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो ।

पत्रकार महासंघ चितवनका पूर्वअध्यक्ष हरिप्रसाद पोखरेल नेतृत्वको तीन सदस्यीय छनौट समितिको सिफारिसको आधारमा उनीहरुलाई सम्मान गरिएको प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले जानकारी दिए ।

सो पुरस्कारको रकम एनआएनए जापानका पूर्वसचिव तथा चितवन समाज जापानका पूर्व अध्यक्ष सरोज कँडेलले प्रदान गरेका हुन् । सो अवसरमा कोरोना भाइरस संक्रमणका बेला पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउने विभिन्न व्यक्ति तथा संस्थालाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web