आमाले आफु मरेर बचाएकी समिक्षाको एसएलसीमा संझनालायक सफलता

असार ५, २०७३ मा प्रकाशित | 1582 views

५ असार, रुपन्देही ।
६ महिनाकै उमेरमा आमा गुमाएकी समीक्षा सुवेदीले यस वर्ष एसएलसी परीक्षामा ४ जीपीए ल्याएर आफूलाई अब्बल साबित गरेकी छन्। उनले रूपन्देहीको सैनामैना ३ स्थित सुनगाभा पब्लिक उच्च माविबाट एसएलसीमा यो सफलता चुमेकी हुन्।

आजको अन्नपूर्णमा महेन्द्र थापा अगाडी लेख्छन्( पहिलोपटक ग्रेडिङ प्रणालीबाट नतिजा प्रकाशन भएको यस वर्ष अहिलेसम्म समीक्षाबाहेक अरू कसैले ४ जीपीए ९ग्रेड प्वाइन्ट एभरेज० ल्याएको दाबी गरेको छैन। समीक्षाले भविष्यमा चिकित्सक बनेर समाजमा योगदान गर्ने सपना साँचेकी छन्।

परिवार र शिक्षकको सहयोगका कारण आफूले एसएलसीमा यस्तो नतिजा हात पारेको समीक्षाले बताइन्। उनले अबको अध्ययनमा यस्तै नतिजा ल्याउने दृढतासमेत व्यक्त गरिन्।

चिकित्सक बन्न विज्ञान विषय लिएर प्लस टु पढ्ने योजना भए पनि बुटवल वा काठमाडौं कहाँ पढ्ने भन्ने टुंगो भइसकेको छैन। एसएलसीमा अब्बल ठहरिएपछि समीक्षा त दंग छिन् नै आफन्त र छरछिमेकी पनि मक्ख परेका छन्।

नतिजा सार्वजनिक भएपछि सैनामैना नगरपालिका ४ सिसौडाँडास्थित उनको घरमा बधाई दिन आफन्त र शुभेच्छुकको लर्को लाग्न थालेको छ। उनी पढेको सुनगाभा पब्लिक उच्चमाविले उनले चार जीपीए ल्याएको खुसीयालीमा र्‍याली निकालेर सैनामैनाको मुर्गियानगर परिक्रमासमेत गरायो।

उनको मार्मिक जीवनकथा थाहा पाएका गाउँलेले यो सफलताको खुसीयालीमा नाचगान र भोजभतेर गरे। समीक्षाका हजुरबुबा रुक्मागत सुवेदीका अनुसार १७ वर्षअघि जेठ १९ गते अर्घाखाँचीको डाँडाकटेरीमा भएको बस दुर्घटनामा उनकी आमा गीता सुवेदीको निधन भएको थियो।

६ महिनाकी काखे समीक्षालाई लिएर माइतीबाट घर फर्कंदा गीता चढेको बस दुर्घटनामा परेको थियो। बस पल्टिएपछि गीताले ६ महिनाकी समीक्षालाई झ्यालबाट बाहिर फ्यालिदिएकी थिइन्। दुर्घटनामै गीताको ज्यान गएको थियो।

झाडीमा खसेकी समीक्षाका दुवै खुट्टा भाँचिए पनि उपचारपछि उनी ठीक भइन्। त्यसपछि उनलाई हजुरबुबा र हजुरआमाले स्याहारसुसार गरे। आमाको दूधबाट वञ्चित समीक्षालाई हजुरबुबा र हजुरआमाले गाईभैंसीको दूध खुवाएर हुर्काए।

गीताको दुर्घटनामा निधन भएपछि बाबु तेजप्रसादले केही समयमै अर्को बिहे गरे। कान्छीआमाबाट जन्मेका समीक्षाका भाइ आशीषले पनि यही वर्षको एसएलसी परीक्षामा जीपीए ३।८५ ल्याएका छन्।

समीक्षालाई स्कुल पढ्न सजिलो थिएन। घरको आर्थिक अवस्था नाजुक थियो। बुबाको सानो व्यापारमात्र थियो। हजुरबुबा रुक्मागतले नातिनी समीक्षाका लागि भगवान् शिवको आराधना गर्न थाले। उनी हरेक दिन नातिनीले राम्रो पढून् भनेर प्रार्थना गर्थे। समीक्षालाई पनि राम्रो पढ्न प्रेरणा दिइरहन्थे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web