काठमाडौँको फोहर आजदेखि उठाउने

भदौ १६, २०७८ मा प्रकाशित | 467 views

काठमाडौँ । काठमाडौँ उपत्यकामा थुप्रिएको फोहर आज बुधबारदेखि उठाउने तयारी गरिएको छ ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षक लगायतको बैठकले आजदेखि फोहर उठाउने निर्णय गरेको हो ।

पछिल्लो तीन सातादेखि फोहर नउठ्दा सरुवा रोगको महामारी फैलन सक्ने खतरा बढेकाले सिसडोलमा फाल्ने स्थान नभएपनि आजदेखि फोहोर उठाउने निर्णय गरिएको हो ।

विसर्जनस्थलको समस्या समाधानका लागि अन्य निकायसँग समन्वय भइरहेको र अहिले थुप्रिएको फोहर भने आजदेखि उठाउन लागिएको हो । फोहर उठाएपनि फाल्नको लागी आउने सडक क्षतिग्रस्त रहेको छ भने सिसडोल भरिएको भन्दै त्यहाँ स्थानीयले अबरोध पुराएपछि बञ्चरेडाँडामा लैजान ल्याण्डफिल्ड साइटको निर्माण सम्पन्न हुन बाँकी रहेको छ ।

यसैबीच, बैठकले फोहर व्यवस्थापनको समस्या आएमा सुरक्षा बल प्रयोग गरेर भएपनि काम गर्ने निर्णय गरेको छ । काठमाडौ महानगरपालिका सहित उपत्यकाका विभिन्न सडक र चोकमा फोहोर थुप्रिँदा दुर्गन्ध बढेसगैँ चौतर्फी रुपमा बिरोध आएपछि फोहर उठाउने निर्णय गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web