काठमाण्डौको फोहोर सिसडोल पुर्याउन नागरिक अभियान सुरु

भदौ १५, २०७८ मा प्रकाशित | 524 views

काठमाडौँ । नागरिक अभियन्ताहरु आफैँले काठमाण्डौको फोहोर सिसडोल डम्पिङ साइटसम्म पुर्याउने अभियान सुरु गरेका छन ।

२५ दिनयतादेखि काठमाण्डौ उपत्यकाको फोहोर उठ्न नसकेपछि सफाइ अभियानमा लागि परेका नागरिक अभियन्ताहरुले मङ्गलवारबाट काठमाण्डौको फोहोर उठाउएर सिसडोल डम्पिङ साइटसम्म पुर्याउने अभियान सुरु गरेका हुन ।

काठमाण्डाैको रत्नपार्कबाट सुरु गरिएको यस अभियानमा काठमाण्डाै उपत्यकाको विभिन्न ठाउँमा सफाइ अभियानमा जुट्दै आएका नागरिक समाजका अगुवाहरु रहेको विश्व सरसफाइ अभियन्ता राज मानवले जानकारी दिनु भयो ।

उहाँले वर्षात् याममा फोहोरको व्यवस्थापन गर्ने काममा सरकार जिम्मेवार नभएपछि जिम्मेवार नागरिकको नाताले आफूहरुले फोहोर सिसडोलसम्म पुर्याएर काठमाण्डाै महानगरपालिकालाई फोहोरमुक्त बनाउने अभियानलाई अगाडि बढाएको बताउनु भयाे ।

मानवले भन्नुभयो, ‘काठमाण्डाै महानगरको फोहोरलाई सडकमा राख्नु हुँदैन । कोभिडको महामारी भइरहेको यो अवस्थामा फोहोर सडकमा राख्ने कुरा आउँदैन। नागरिक आफैँ सजग होऔं भन्ने अभियानमा साथ फोहोर उठाउने काम सुरु गरिएको हो ।’

काठमाण्डाैको फोहोरलाई जिम्मेवार नागरिकको हैसियतले आफैँले व्यवस्थापन गर्नुपर्छ भनेर सफाइ अभियान सुरु गरिएको हो । सफाइ अभियानमा वाग्मती सफाइ अभियान, रुद्रमती सफाइ अभियान, महाराजगञ्ज सफाइ अभियानलगायतका संस्थाहरु सहभागी भएका छन । अभियानमा सहभागी भएका अभियन्ताहरुले ‘म मेरो देश फोहोर गर्दिन’ लेखिएका प्लेकार्डहरु समेत प्रदर्शन गरेका थिए ।

काठमाण्डाैमा विगत २५ दिनयता फोहोर उठ्न नसकेपछि बिग्रिएको सडक तत्काल निर्माण गरी सिसडोलमा त्यसको उचित व्यवस्था गर्ने प्रबन्ध गर्न काठमाण्डाै महानगरपालिका र नेपाल सरकारमाथि चर्को दबाब परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web