सुनको भाउ चार सय रुपैयाँले घट्यो

काठमाडौँ । आज सुनको भाउ चार सय रुपैयाँले घटेको छ ।

तोलामा चार सय रुपैयाँले घटेर सुनको भाउ आज ९१ हजार दुई सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि पाँच रुपैयाँले घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

TOP