उपत्यकाको फोहोरको समस्या बल्ल देख्यो सरकारले, प्रधानमन्त्री देउवा र मेयर शाक्यबीच छलफल

भदौ १४, २०७८ मा प्रकाशित | 446 views

काठमाडौ । उपत्यकाको फोहोर व्यवस्थापनमा देखिएको समस्याबार प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यबीच छलफल भएको छ। उपत्यकाकामा थुप्रिएको फोहोर छिटो व्यवस्थापन गर्नेबारे प्रधानमन्त्री देउवा र मेयर शाक्यबीच छलफल भएको हो।

प्रधानमन्त्री देउवा जति सक्दो छिटो उपत्यकाको फोहोर व्यवस्थापनका लागि सकारात्मक रहेको मेयर शाक्यले जानकारी दिए। ‘सिसडोलसम्म जाने बाटो वर्षाका कारण बिग्रिएको छ। त्यहि कारण केही दिनदेखि पूर्ण रुपमा फोहोर उठाउन सकेका छैनौँ’, छलफलपछि प्रमुख शाक्यले भने।

मेयर शाक्यले आफूले सिसडोलसम्म फोहोर बोकेका गाडी लैजानका लागि सडक निर्माणको पहल गर्न प्रधानमन्त्रीज्युलाई आग्रह गरेको बताए। छलफलका क्रममा प्रधानमन्त्रीले सडक विभाग महानिर्देशकलाई टेलिफोन सम्पर्क गरी तत्काल बाटो बनाउन निर्देशन दिएको उनले जानकारी दिए। प्रमुख शाक्यले प्रधानमन्त्रीले प्रधानमन्त्रीसँगको भेटले बाटो निर्माण हुने र छिट्टै फोहोर उठ्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web