दुर्लभ हुचिलको खुट्टा र पञ्जासहित एकजना पक्राउ

भदौ १३, २०७८ मा प्रकाशित | 438 views

थानकोट । प्रहरीले जिवजन्तु ओखेटोपहार सहित एकजनालाई पक्राउ गरेको छ ।

चन्द्रागिरि न.पा वड नं. २ नागढुंगा स्थित चेकप्वाईन्टमा विरगंजबाट काठमाण्डौव तर्फ आउँदै गरेको ना ५ ख ५८६४ नम्बरको यात्रुबाहक बसलाई चेक जाँच गर्ने क्रममा जिवजन्तु ओखेटोपहार सहित एक जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख डिएसपी मोहनबहादुर खाँणका अनुसार जिल्ला गोरखा पालुङटार न.पा वडा नं. ५ घर हुने वर्ष ६५ को सोनाम तामाङलाई पक्राउ गरिएको बताए ।

डिएसपी खाँणका अनुसार सोनाम तामाङले लुकाई छिपाई लिई आएको जिवजन्तु ओखेटोपहार संग सम्बन्धित हुचिलको खुट्टा थान २, हुचिलको पञ्जा जस्तो देखिने थान २, एकिन हुन नसकेको हड्डी थान २ , एकिन हुन नसकेको जनावरको सुकुटी (मासु) ४०० ग्राम र नगद रु ४० हजार समेत बरामद भएको छ ।

साथै झोलाबाट शंख थान ३, सेतो टल्कने ढुङ्गा थान १ फेला परेकोमा उक्त शंख र ढुंङ्गा आवश्यक अनुसन्धानको लागी पुरातात्व विभाग रामसाहपथ पठाईएको छ ।

थानकोट वृत्तले मानिससहित आवश्यक अनुसन्धानको लागी डिभिजन वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web