ढुंगाले लाग्दा मोटरसाइकल चालकको मृत्यु

भदौ १३, २०७८ मा प्रकाशित | 454 views

काभ्रे । काभ्रेको रोशी गाउँपालिका–७ कटुञ्जेस्थित बिपी राजमार्गमा सडक माथीबाट खसेको ढुङ्गाले किच्दा मोटरसाइकल चालकको मृत्यु भएको छ। जनकपुरबाट काठमाडौंतर्फ आउँदै गरेको ज ८ प ७४९० नम्बरको मोटरसाइकल चालक महोत्तरीको रामगोपालपुर घर भएका २८ वर्षीय सरोज कुमार साहको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलको पछाडी सवार धनुषाको रामानन्दचोक घर भएका ३० वर्षीय सतिस कुमार साह घाइते भएका छन्। उनको पेट र अनुहारमा चोट लागेको र धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रहरी उपरीक्षक भुपेन्द्र बहादुर खत्रीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web