घरको गारो भत्किँदा च्यापिएर एक बालिकाको मृत्यु

भदौ १३, २०७८ मा प्रकाशित | 630 views

पाल्पा । पाल्पामा घरको गारो भत्किँदा च्यापिएर १० वर्षीया बालिकाको ज्यान गएको छ ।

तानसेन-५ कैलाशनगरका नारायण दर्जीको एक तले कच्चीघरको पछाडिको गारो भत्किँदा च्यापिएर उहाँकी १० वर्षीया छोरी नैना दर्जीको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार बिहान ४ बजेतिर एक्कासी घर भत्किँदा गम्भीर घाइते भएकी नैनालाई उपचारका लागि युनाइटेड मिसन अस्पताल पुर्याइए पनि डाक्टरले मृत घोषित गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web