पहिरोले अरनिको राजमार्ग बन्द

भदौ १३, २०७८ मा प्रकाशित | 354 views

काठमाडौँ । लगातारको वर्षाका कारण गएको पहिरोले अरनिको राजमार्ग ठप्प भएको छ ।

बिहान धुलिखेल–पाँचखाल सडक अन्तर्गतको खावा नजिक पहिरो जाँदा राजमार्ग ठप्प भएको हो । अहिले पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

राजमार्ग बन्द हुँदा सयौँ गाडी र यात्रु अलपत्र परेका छन् ।

यो राजमार्गले काभ्रे, सिन्धुपाल्चोक, दोलखा र तातोपानी नाकालाई काठमाण्डौसँग जोडेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web