बेपत्ता तीनै जनाको शव भेटियो

भदौ १२, २०७८ मा प्रकाशित | 496 views

नवलपरासी । पहिरोमा परि बिहीबार रातिदेखि बेपत्ता तीन जनाको शव फेला परेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको हुप्सेकोट गाउँपालिका ४ को माथिल्लो चार घरेमा अविरल वर्षाका कारण शुक्रबार बिहान २ बजेको समयमा पहिरोमा परि बेपत्ता तीनै जनाको शव शनिबार दिउँसो तीन बजे फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका सूचना अधिकारी मधुसुदन सिंहले बताउनुभयो ।

शुक्रबार दिनभरि सुरक्षाकर्मी सहित स्थानीयले खोजी गर्दा समेत पहिरोमा परेका फेला नपरेपछि आज ५० जना थप सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

पहिरोमा पुरिएका एकै घरका तीन जना बेपत्ता भएका थिए । हुप्सेकोट –४, माथिल्लो चारघरेका हस्तबहादुर पुलामीकी श्रीमती ४० वर्षीया धनमाया पुलामी, नातिनीहरू ७ वर्षीया भूमिसरा पुलामी र ६ वर्षीया देउमाया पुलामी राति सुतिरहेको समयमा एक्कासि आएको पहिरोमा परि बेपत्ता भएका थिए । हस्तबहादुर पुलामीको भने घाइते अवस्थामा उद्धार गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web