हुण्डी कारोबारको आरोपमा ६ लाखसहित पक्राउ

भदौ ११, २०७८ मा प्रकाशित | 621 views

वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट ६ लाख रूपैयाँसहित हुण्डी कारोबार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । वीरगञ्ज -१ बस्ने ६० वर्षीय स्वामीनाथप्रसाद साहलाई हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

बिहान साढे ९ बजे प्रहरी चौकी ईनर्वा पर्साको टोलीले वीरगञ्ज-१६ शंकराचार्य गेटमा खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ना.८ प १८७ नम्बरको हिरो होण्डा स्प्लेण्डर मोटरसाइकलमा भारतबाट वीरगञ्जतर्फ आउँदै गर्दा उनको पाईन्टको अगाडि पट्टीको खल्तीमा श्रोत नखुलेको नेपाली ६ लाख फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

उनीविरूद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web