कृषि वैज्ञानिक समाजको अध्यक्षमा श्रेष्ठ चयन

भदौ ११, २०७८ मा प्रकाशित | 712 views

काठमाडौँ । सोसाइटी अफ एग्रीकल्चर साइन्टिस्ट नेपाल (सास) को अध्यक्षमा डा.श्रीमत श्रेष्ठ सर्वसम्मतले निर्वाचित हुनुभएको छ ।

ललितपुरको खुमलटारमा सम्पन्न अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा डा.बालकृष्ण जोशी, महासचिवमा डा.कृष्णप्रसाद तिम्सिना, सचिवमा (प्रशासनतर्फ) डा.ध्रुवराज भट्टराई, (समन्वयतर्फ) डा.घनश्याम भट्टराई र आर्थिक व्यवस्थापनतर्फ डा.सुवास सुवेदी चयन हुनुभएको छ ।

यस्तै कोषाध्यक्षमा सुदीप सुवेदी, सदस्यहरुमा डा.शोभा श्रेष्ठ, जीवन श्रेष्ठ, डा.मीरा प्रजापति र डा.विवेक सापकोटा निर्वाचित हुनुभएको छ । कृषि वैज्ञानिकहरुको संस्था सास विगत ८ वर्षदेखि निष्क्रिय थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web