१५ किलो गाँजासहित २ जना पक्राउ

भदौ ९, २०७८ मा प्रकाशित | 393 views

वीरगञ्ज । प्रहरीले बाराबाट प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । निजगढ नगरपालिका–१३ का ३३ वर्षीय दीपक पाख्रिन र २५ वर्षीय बाबुराम वाइबा पक्राउ परेका हुन् ।

बुधबार बिहान ४ बजे इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले पथलैयाबाट वीरगञ्ज आउँदै गरेको ना ४६ प ५९३१ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा १५ किलो गाँजा फेला परेपछि उनीहरुलाई पक्राउ गरेको थियो ।

जीतपुरसिमरा उपमहानगरपालिका–५ स्थित वीरगञ्ज पथलैया सडकखण्डको रातोपुल नजिकैबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । पिठ्यूँमा बोक्ने दुईवटा झोलाभित्र उनीहरुले प्रतिबन्धित गाँजा १५ किलो लुकाएर ल्याएको उनले बताए । उनीहरुविरुद्ध लागूऔषध मुद्दामा बारा जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई अनुसन्धान अघि बढाइएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web