२ हजार ४ सय ८२ जनामा कोरोना पुष्टि, ४४ को मृत्यु

भदौ ९, २०७८ मा प्रकाशित | 458 views

काठमाडौँ । नेपालमा कोरोना सङ्क्रमणका कारण थप ४४ जनाको ज्यान गएको छ । आज थपिएका ४४ जनासहित नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार ६ सय १२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

यस्तै पछिल्लो २४ घन्टामा थप दुई हजार चार सय ८२ जनामा सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १५ हजार दुई सय ९० जनाको नमुना परीक्षण गर्दा दुई हजार चार सय ८२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

आज नमुना परीक्षण गरिएकामध्ये १६ दशमलव २३ प्रतिशतमा सङ्क्रमण देखिएको छ । आज थपिएकासहित नेपालमा अहिलेसम्म आठ लाख ३४ हजार चार सय ५० जनामा सङ्क्रमण पुष्टि भएकाे मन्त्रालयले जनाएकाे छ ।

यही अवधिमा थप एक हजार सात सय ८१ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख तीन हजार नौ सय ६४ पुगेको छ ।

अहिले नेपालमा ३८ हजार दुई सय ८७ जना सक्रिय सङ्क्रमित रहेकामा ६ सय १० जनाको आईसीयू र एक सय ६१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web