८५ लाख रुपैयाँको स्वास्थ्य सामग्री सहयोग

भदौ ९, २०७८ मा प्रकाशित | 386 views

पोखरा । गण्डकी प्रदेश सरकारलाई प्रतिमान निमा स्मृति प्रतिष्ठानले झण्डै ८५ लाख रुपैयाँ बरारबरका स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

प्रतिष्ठानलाई अमेरिकाबाट प्राप्त स्वास्थ्य सामग्री प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई हस्तान्तरण गरिन् । सहयोग स्वरुप प्राप्त उक्त स्वास्थ्य सामग्री मुख्यमन्त्री पोखरेलले स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङलाई हस्तान्तरण गरे ।

प्रतिष्ठानले गाउन आइसोलेसन, फेस सिल्ड, मास्क, एन ९५ मास्क, डिजिटल थर्मोमिटर, पीपीई सेट, इमर्जेन्सी रिलिफ बेड, पञ्जा लगायतका सामग्री सहयोग गरेको हो ।

कार्यक्रममा मुख्यमन्त्री पोखरेलले विश्वभर कोभिड १९ को महामारी फैलिइरहेका बेलामा प्राप्त सहयोगको ठूलो महत्व हुने भनाइ राखे ।

सीमित स्रोत साधनबाट प्रदेश सरकार सञ्चालित भइरहेको अवस्थामा दातृ निकाय, छिमेकी र मित्र राष्ट्र, विभिन्न संघ संस्थाको सहयोगबाट कोभिड नियन्त्रण र रोकथामका काम गर्दै आएको उनको भनाइ थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले कोरोनाले आक्रान्त बनाएका बेला प्राप्त सहयोगको अधिकतम सदुपयोग गर्ने प्रतिबद्धता जनाइन् ।

प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मीले विदेशबाट प्राप्त हुने सहयोग अन्तर्राष्ट्रिय मापदण्ड अनुकुल हुनुपर्ने बताए ।

अमेरिकाका विभिन्न संस्थासँग पहल गरी स्वास्थ्य सामग्री मगाएको प्रतिष्ठानकी कार्यकारी निर्देशक थापाले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web