नलकटुवा पेस्तोलसहित दुईजना पक्राउ

भदौ ८, २०७८ मा प्रकाशित | 254 views

सर्लाही । सर्लाही प्रहरीले नलकटुवा पेस्तोल र त्यसमा प्रयोग हुने गोलीसहित मंगलबार दुई जनालाई पक्राउ गरेको छ ।

बरहथवा नगरपालिका ६ स्थित प्रहरी बिट नजिकबाट बागमती नगरपालिका ८ बस्ने अरुण लामा र अगबर अन्सारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुबै २८ बर्षका छन् ।

नयाँ रोडबाट बरहथवातर्फ जादै गरेको उनीहरू सबार बिआर३० जे-३०८० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा पेस्तोल र त्यसमा प्रयोग हुने ३ राउन्ड गोली बरामद भएको सर्लाही प्रहरीका प्रबक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

उनीहरूले मोटरसाईकलको बायाँ साईडको लेगार्डमा झुण्डयाएको हरियो रंगको कपडाको झोलाबाट पेस्तोल र गोली बरामद भएको उनले बताए ।हतियारसहित पक्राउ परेका दुबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web