रसुवागढी नाका जोड्ने सडक बन्द

भदौ ८, २०७८ मा प्रकाशित | 347 views

रसुवा । पहिरोले रसुवागढी नाका जोड्ने सडक बन्द भएको छ । धुञ्चे-स्याफ्रु सडक खण्ड अन्तर्गत भार्खु डाँडामा पहिरो गएको हो ।

पहिरोले सडकको आधा भागमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । बाँकी रहेको सडकमा पनि ठूलो ढुङ्गा बसेको छ ।

आज बिहानैदेखि पहिरो हटाउने काम भइरहेको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताउनुभयो ।

आज दिउँसोसम्ममा सडक सञ्चालनमा आउने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web