म्याग्दी । गएरातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीको दुधेखोलामा आएकाे बाढीले एक घर बगाएकाे छ ।
दुधेखोलामा बस्दै आएकी दीपा पुनको घर बाढीले बगाएकाे जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक नवराज केसीले बताउनुभयो ।
पुनको ब्लकले गाह्रो लगाएको र टिनको छाना भएको ६ कोठामध्ये दुई वटा कोठा बगाएको र घरको अन्य कोठाहरु पनि चर्किएको केसीले बताउनुभयो ।
दुधेखोलाकै नारायण पुनको घर र डिल्लीराम थापाको घर पनि बाढीकाे उच्च जोखिममा परेको उहाँले जानकारी दिनुभयो । पहिरोबाट विस्थापित उनीहरुलाई सुरक्षित ठाउँमा सारिएको छ।
यस्तै नारायण पुनको गोठमा बाँधेको दुहुँनाे भैँसी खोलामा आएको बाढीमा परेर मरेको छ । बाढीपहिरो गएको घटनास्थल दुधेखोला पुगेर फर्किनुभएका प्रहरी निरीक्षक केसीले भन्नुभयो, ‘तत्काललाई दुई वटा घर मात्रै उच्च जोखिममा परेका छन् ।’
बस्तीका अन्य घर पनि जोखिममा परेका उहाँले बताउनुभयो । बाढीबाट मानवीय क्षति भने भएको छैन । मानवबस्ती बाढी र नदी कटानको जोखिममा परेपछि दुधेखोलाका ४५ घरधुरी पहिरोको जोखिममा परेको छन्।
दुधेखोलामा आएको बाढी पहिरोका कारण म्याग्दीखोलालाई धकेलेर तलाउ समेत बनेको प्रहरी निरीक्षक केसीले बताउनुभयो । पहिरोले कटान गर्दा बेनी–बराङ्जा जोड्ने सडक समेत बन्द भएकाे छ । सडक अवरुद्ध भएपछि भकिम्ली, बास्कुना, थामडाँडा र बराङ्जाका कृषकलाई बेनीसम्म दूध र तरकारी ढुवानी गर्न समस्या भएको छ ।
27.46¡ÆC