नुवाकोटमा पहिरोमा परेर एक जनाको मृत्यु

भदौ ३, २०७८ मा प्रकाशित | 1006 views

त्रिशूली । नुवाकोटको बेलकोटगढी नगरपालिका–५ लामाचउरमा पहिरो जाँदा आज बिहान एक जनाको निधन भएको छ । घर माथीबाट खसेको पहिरो पन्छाउने क्रममा ४३ वर्षका विष्णुप्रसाद लामिछानेको पहिरोमा पुरिएर घटनास्थलमा नै मृत्यु भएको नुवाकोट प्रहरी प्रमुख तुलबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँको अनुसार बिहान २ : ३० बजेको समयमा घरको कर्सामा माथीबाट आएको पहिरो पन्छाउने क्रममा थप खसेको पहिरोमा पुरिएर ज्यान गुमाएका लामिछानेको शव परीक्षणको लागी त्रिशूली अस्पतालमा ल्याउन लागिएको छ । पहिरोले घर समेत जोखिममा परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web