गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भदौ २, २०७८ मा प्रकाशित | 711 views

बारा । बाराको परवानीपुर गाउँपालिका–४ मा गाडीले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।

ना ४ च ३४३२ नम्बरको गाडीले ना २१ प १८३१ नम्बरको मोटरसाइकललाई मंगलबार बेलुका ठक्कर दिँदा मोटरसाइकल चालक वीरगञ्ज महानगरपालिका–१६ ईनर्वा टोलका ३८ वर्षीय राजेश रामको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका रामको नारायणी बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएककी मोटरसाइकलमा सवार उनकै छोरी १९ वर्षीया ममता कुमारी र १३ वर्षीया मुस्कान कुमारीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web