डोटी । विषालु सर्पकाे टाेकाइबाट डाेटी पूर्वीचौँकी गाउँपालिका–६ मा एक बालककाे ज्यान गएकाे छ ।
विषालु सर्पको टाेकाइबाट पाँच वर्षीय बालक हेमराज भण्डारीकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय डोटीका सह–प्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिनुभयाे ।
हिजाे बेलुकी आँगनमा खेलिरहेको समयमा उनलाई विषालु सर्पले टाेकेकाे थियो । बालकलाई जिल्ला अस्पताल डोटीमा ल्याइए पनि उपचारका क्रममा गएराति नै ज्यान गएको प्रहरीले जनाएको छ।
डाेटीमा गर्मीबढैसँगै सर्पदंशका बिरामीहरु बढ्दै गएको जिल्ला अस्पतालले जनाएको छ ।
25.81¡ÆC