प्रशासन र मालपोतको सेवा वार अनुसार

साउन ३१, २०७८ मा प्रकाशित | 446 views

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि काभ्रेमा प्रशासन र मालपोतले आजदेखि वार अनुसार सेवा दिने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला मालपोत कार्यालयले पालिका तोकेर आजदेखि वारअनुसारको सेवा दिने निर्णय गरेका हुन् । सेवाग्राहीको भीडभाड हुने भएकाले स्वास्थ्य–सुरक्षाका मापदण्ड अपनाइ वार अनुसार सेवा तोकिएको प्रशासनले जनाएको छ ।

अर्को व्यवस्था नभएसम्मका लागि धुलिखेल, पाँचखाल र पनौती नगरपालिकामा आइतवार, मङ्गलवार र बिहीवार तथा बनेपा, मण्डनदेउपुर र नमोबुद्ध नगरपालिकामा सोमवार, बुधवार र शुक्रवार सेवा प्रवाह हुनेछ । यस्तै जिल्ला मालपोत कार्यालय धुलिखेलले पनि आजदेखि वारअनुसार नै सेवा प्रवाह गर्ने जनाएको छ ।

कार्यालयले अर्को सूचना नआएसम्मका लागि बनेपा र नमोबुद्ध नगरलाई आइतवार र बुधवार, धुलिखेल र मण्डनदेउपुर नगरलाई सोमवार र बिहीवार तथा पाँचखाल र पनौती नगरलाई मङ्गलवार र शुक्रवार सेवा उपलब्ध गराउने जनाएको हो ।

गाउँपालिकामा हरेक दिन सेवा उपलब्ध रहेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web