युनाइटेडले लिड्सलाई ५–१ गोलले हरायो, ब्रुनोको ह्याट्रिक

साउन ३०, २०७८ मा प्रकाशित | 503 views

काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले शानदार जित निकालेको छ।

नयाँ सिजनको आफ्नो पहिलो खेलमा युनाइटेडले लिड्स युनाइटेडलाई ५–१ गाेलकाे फराकिलो अन्तरले हराएको हो ।

म्यानचेस्टरका लागि ब्रुनो फर्नान्डेजले ह्याट्रिक गरे । उनले ३०, ५४ र ६० मिनेटमा गोल गरे । यस्तै ग्रिनउड र फ्रेडले १/१ गोल गरे । लिड्सका लागि लुक अइलिङले एक गोल फर्काए । जितसँगै युनाइटेडले तीन अङ्क जोडेको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web