एम्बुलेन्स दुर्घटनामा एक जनाको मृत्यु

साउन ३०, २०७८ मा प्रकाशित | 328 views

रोल्पा । रोल्पामा आज बिहान एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएकाे छ । एक जना घाइते भएका छन्।

दुर्घटनामा परि एम्बुलेन्सका चालक माडी गाउँपालिका–६ जलपाका ३७ वर्षीय ओमप्रकाश घर्तीमगरको घटनास्थलमै ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।

भैरहवाबाट लाप्चुन शव पुर्याएर घर्तीगाउँ जाने क्रममा स्मृति हस्पिटल प्रालिको रा १ ज ७०५ नम्बरको एम्बुलेन्स बिहान साढे ३ बजे माडी गाउँपालिका–२ झ्याङ्जेखोलामा दुर्घटना भएको हाे ।

स्मृति हस्पिटल प्रालिका अध्यक्ष दलबहादुर घर्तीले एम्बुलेन्समा रहेका पृथिप्रसाद पुन सामान्य घाइते हुनुभएकाे र उहाँकाे उपचार भइरहेकाे जानकारी दिनु भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web