छुटेका शिक्षकलाई कोरोना खोप दिइने

साउन २९, २०७८ मा प्रकाशित | 388 views

काठमाडौँ । सरकारले कोभिड–१९ विरुद्धको खोप लगाउन छुटेका शिक्षकहरुलाई खोप लगाउने व्यवस्था मिलाएको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले ५५ देखि ६० वर्ष उमेर समूहका लागि सञ्चालित खोप केन्द्रमा गएर शिक्षकहरुले परिचय पत्रको आधारमा खोप लगाउन सक्ने बताएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमा राज्यमन्त्री श्रेष्ठले लेखेका छन्, ‘शिक्षकहरुलाई यसअघि नै प्राथमिकतामा साथ खोप उपलब्ध गराइएको हो । तर यदि कोही छुट्नु भएको वा कोभिड–१९ संक्रमित भएर शिक्षकका लागि सञ्चालित खोप अभियानमा सहभागी हुन नपाउनु भएको भए आफ्नो परिचयपत्र लिएर ५५ देखि ६० वर्ष उमेर समूहका लागि सञ्चालित खोप केन्द्रमा गएर खोप लगाउन सक्नुहुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web