बालबालिकालाई लगाउन ४० लाख खोप नेपालमा ल्याइदै

साउन २९, २०७८ मा प्रकाशित | 365 views

काठमाडौ । १२ वर्षदेखि १७ वर्षसम्मका लागि लगाउन मिल्ने मोर्डना खोपको ४० लाख मात्रा खरिदको लागि सम्झौता भएको छ। कोभ्याक्ससँगको लागत साझेदारी मार्फत विश्व बैंकको वित्तिय सहयोगमा मोर्डना खोपको ४० लाख मात्रा खरिद गर्नका लागि सम्झौता भएको हो ।

१२ वर्षदेखि १७ वर्षसम्म लगाउन मिल्ने खोपहरू नेपालमा सन् २०२२ को मार्च महिनासम्म आईपुग्ने छ । उक्त ४० लाख खोपले ७२ प्रतिशत जनसंख्याका साथसाथै १२ देखि १७ वर्ष उमेर समुहका बालबालिका र किशोरकिशोरी लाई खोप लगाउन मिल्ने छ ।

 

सम्झौता कार्यक्रममा बोल्दै “कोभ्याक्स लागत साझेदारी कार्यक्रम अपनाउने नेपाल शुरुवाती देशहरू मध्येको एक हो र चुनौतिपूर्ण परिस्थितिहरुका बावजूद हामीले नेपालका लागि सुरक्षित र अत्यन्तै प्रभावकारी खोप ल्याउनका लागि यस सम्झौता तय गर्न सफल भएकोमा म अत्यन्तै हर्षित छु” स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बताए ।

“कोभ्याक्स सुविधा मार्फत कोभिड विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरू खरिद गर्नका लागि लगानी गरी विकासका साझेदारसँगै नेपाली जनता र नेपाल सरकारलाई सहयोग गर्न पाउँदा हामी गौरवान्वित भएका छौं,” माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web