तीन हजार दुई सय ६० मा कोरोना पुष्टि, ३२ को मृत्यु

साउन २८, २०७८ मा प्रकाशित | 398 views

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप तीन हजार दुई सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

१० हजार आठ सय ६ जनाको पीसीआर र चार हजार ६ सय ५६ जनाको एन्टिजेन गरी १५ हजार चार सय ६२ नमुना परीक्षण गर्दा तीन हजार दुई सय ६० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा परीक्षण गरिएकामध्ये २१ प्रतिशतमा सङ्क्रमण देखिएको छ । नेपालमा अहिलेसम्म काेराेना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ९८ हजार ६ सय ५१ पुगेको छ ।

यस्तै थप दुई हजार दुई सय ९४ जना निको भएसँगै अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ७७ हजार तीन सय ७७ जना पुगेको छ ।

यस्तै यही अवधिमा थप ३२ जनाको ज्यान गएको छ । नेपालमा अहिलेसम्म काेराेना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार दुई सय १२ जना पुगेको छ ।

अहिले नेपालमा ३८ हजार एक सय ८० जना सङ्क्रमित रहेकोमा सात सय ३७ जनाको आईसीयू र एक सय ८३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web