भालुको आक्रमणमाबाट दुई जना घाइते

साउन २८, २०७८ मा प्रकाशित | 385 views

जुम्ला । जुम्ला सदरमुकाममा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् ।

चन्दननाथ नगरपालिका कार्कीवाडामा व्यवसाय गर्दै आएका दुई जना भालुको आक्रमणमा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाका अनुसार चन्दननाथ नगरपालिका-४ का २९ वर्षीय हिमबहादुर रोकाया र २६ वर्षीया निर्मला थापा रोकायालाई बिहान भालुले आक्रमण गरेको हो।

उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web