दुर्घटनामा एक जनाको निधन, दुई घाइते

साउन २७, २०७८ मा प्रकाशित | 392 views

सप्तरी । सप्तरीमा नेपाली सेनाको गाडी र पिकअप भ्यान एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत हनुमाननगर–कंकालिनी नगरपालिका–१ भारदहको कंकालिनी मन्दिर नजिक पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको १८ नम्बर बाहिनी गाईघाटको प्रदेश ३–०१–००१ ग ३७२५ नम्बरको नेपाली सेनाको गाडी र विपरीत दिशाबाट जाँदै गरेको मे १ च ६९२५ नम्बरको पिकअप गाडी एकापसमा ठक्कर खाएर दुर्घटना भएको हो ।

दुर्घटनामा पिकअप चालक झापाको दमक बस्ने ४२ वर्षीय मेघराज शर्माको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले बताए । दुर्घटनामा पिकअपका सहचालक सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ५२ वर्षीय भवानी र सेनाको गाडीमा सवार खोटाङको मझुवागढी नगरपालिका–१० का १८ नम्बर बाहिनी गाईघाटमा कार्यरत जमदार जीवन गिरी घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेका दुवै गाडी र सेनाको गाडीका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web