चितुवाको छालासहित दुई जना पक्राउ

साउन २७, २०७८ मा प्रकाशित | 505 views

पाल्पा । पाल्पामा चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् । रिब्दीकोट गाउँपालिका ५ कुसुम खोला देउरालीबाट बाघको छालासहित रिब्दीकोट ७ का ४२ वर्षीय विष्णुबहादुर खत्री र ४० वर्षीय रविल मियाँ पक्राउ परेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मुझुङ बतासेबाट तानसेन जाँदै गरेको लु ३७ प ४४४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई बाघको छालासहित पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयको अनुसन्धान ब्युरो र हार्थोक प्रहरी चौकीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

झोलाभित्र गम्छामा बेरेको अवस्थामा बाघको मुखदेखि पुच्छरसम्मको लम्बाइ ६ फिट ४ इन्च, छातीको भागको चौडाइ २ फिट १ इन्च भएको छाला बरामद गरी थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web